मोरङ, फागुन २ । मोरङमा घरायसी विवाद हुँदा चिर्पट प्रहार गरी आफ्नै आमाको हत्याको आरोपमा एकजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय उर्लाबारीले दिएको जानकारीअनुसार मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिर्पट प्रहार गरी हत्या गरेका हुन्।
प्रहरीका अनुसार आइतबार दिउँसो साढे ४ बजे घरायसी विवाद कारण ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिर्पट प्रहार गरेका थिए। चिर्पट प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो।
हत्या गर्ने गंगा प्रासादलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाएको छ।
Facebook Comments


























