फागुन १ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ।
शनिबार भएको खेलमा एभर्टनले लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको हो। घरेलु मैदानमा सिमुस कोलम्यानले १० औं मिनेटमा गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको २३ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ७८ औं मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै एभर्टनलाई ३-० को जित दिलाए।
यस जितसँगै एभर्टनले २२ खेल २२ अंक जोडेको छ। एभर्टन १६ औं स्थानमा रहेको छ। लिड्स २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ।
अर्को खेलमा ब्राइटनले वाट्फोर्डलाई २-० ले हराएको छ। ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेको छ।
Facebook Comments


























