माघ २९ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप १ हजार ८२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब १ प्रतिशत रहेको छ।
यस्तै, ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २६० जनाको पीसीआर परीक्षणमा ४९१ र २ हजार ३९४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४५ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























