काठमाडौं, माघ २७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निरन्तर गिरावट आएको छ। साताको कारोबारको अन्तिम दिन आज बिहिबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ आज नेप्से ११.९६ अंकले घटेर दुई हजार ८ सय १ दशमलब ५६ विन्दुमा झरेको हो। बुधबार नेप्से २२।११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको थियो।
त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। आज ३ अर्ब ८२ करोड ९५ लाख बराबरको कारोबार भएको छ। बुधबार ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको थियो।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्ये नबिल इक्युटि फण्डको शेयरमूल्य भने बढेको छ। त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ। यसको शेयरमूल्य ४ प्रतिशतले घटेको छ। कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ। यस कम्पनीको आज २५ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको छ।


























