माघ २२ । बेइजिङ विन्टर ओलम्पिकको पहिलो स्वर्ण पदक नर्वेले जितेको छ।
थेरेसे जोहाउगले नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन्। जोहाउगले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण हात पारिन्।
जोहाउगले जीवनका पहिलो व्यक्तिगत स्वर्ण पदक हात पारेकी हुन्। तर तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक हो।
उनले ४४ मिनेट तथा १३.७ सेकेन्डमा सो दूरी पुरा गरेकी थिईन्। रुसकी नाटालिया नेपर्याइभाले ४४ मिनेट तथा ४३.९ सेकेन्डमा रजत पदक तथा अष्ट्रीयाकी टेरेसा स्टाड्लोबरले ४४ मिनेट तथा ४४.२ सेकेन्डमा कास्य पदक हात पारिन्।
Facebook Comments


























