माघ २२ । प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ। विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो। सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गरेको छ।
चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार आजै हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम घोषणा गरिनेछ। आजकै लागि चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा तय गरिएकामा कोभिड–१९ को तेस्रो लहरका कारण स्थगन गरिएको जनाइएको छ। रासस
Facebook Comments


























