काठमाडौँ, माघ २१ । कोरोना संक्रमणका कारण बन्द गरिएका विद्यालयहरू खोल्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारबाला पक्षसँग सुझाव लिन सुरु गर्नुभएको छ।
देउवाले भौतिक रूपमा विद्यालय खोल्ने विषयमा आज सरोकारवालासँग छलफल गरिरहेका छन्। कोरोनाको संक्रमण बढेपछि शिक्षा मन्त्रालयले शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो।यद्यपि, पछिल्लो समयमा संक्रमण दरका कमी आउन थालेपछि केही स्थानीय तहले आ–आफ्नै निर्णय गरी विद्यालय खोल्ने थालेका छन्।
Facebook Comments


























