चितवन, माघ २१ । आज चितवन सहित देशभर वर्षा भईरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा बिहानै मुलुकका धेरै स्थानमा मेघगर्जन, चटयाङसहित वर्षा भइरहेको हो। चितवनमामा राति पनि वर्षा भएको थियो।
राति पख पनि देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात भएको महाशाखाले जानकारी दिएको छ।
Facebook Comments


























