माघ १८ । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर डोनी भान डी विक एभर्टनमा अनुबन्धित भएका छन्।
एभर्टनले भान डी विकलाई लोनमा अनुबन्ध गरेको हो। डच मिडफिल्डर यस सिजनको अन्तिमसम्मका लागि लोनमा एभर्टन आएका हुन्। भान डी विक सन् २०२० मा आयाक्सबाट युनाईटेड आएका थिए।
तर, उनले युनाईटेडमा प्रभाव जमाउन सकिरहेका थिएनन्। २४ वर्षीय मिडफिल्डरले युनाईटेडका लागि ५० खेलमा २ गोल गरेका छन्।
Facebook Comments


























