काठमाडौँ, माघ १७ । अनलाइन जुवा खेल्ने–खेलाउने ७४ जना काठमाडौँको बौद्धमा रहेको एक रेस्टुरेन्टबाट पक्राउ परेका छन्।
बौद्धको प्लटिङनजिक रहेको रेस्टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेका उनीहरुलाई आइतबार बेलुका पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ।
दोलखा स्थायी घर भई बानेश्वर बस्दै आएका ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट आइतबार बेलुका ६६ जना पुरुष र ८ महिलालाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी दिएको छ।
Facebook Comments


























