काठमाडौं, माघ १६ । आज अइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत शुक्रबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ४०० ले घटेको हो। महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि घटेको छ।
गत शुक्रबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।
Facebook Comments


























