माघ १५ । अभिनेत्री केकी अधिकारी र युगल पोमो लिम्बुको रोमान्स रहेको गीत ‘सिंगौरी ४’ सार्वजनिक भएको छ। गीतमा केकी र युगलको अलवा मोडेल ह्यारी योञ्जनको समेत अभिनय देख्न सकिन्छ।
कमल राईले निर्देशन गरेको भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ। सुमित गुरुङको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा अनिलकुमार महर्जनको सम्पादन छ।
गीतमा विकास संगमको शब्द, शशी गुरुङ वाङदेलको संगीत रहेको छ भने स्वर नविन राई र सुनिता थेगिनले दिएका छन्।
Facebook Comments


























