माघ १३ । घाना फुटबल संघले मुख्य प्रशिक्षक मिलोभान राजेभाकलाई वर्खास्त गरेको छ। अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि घानाले प्रशिक्षक राजेभाकलाई बर्खास्त गरेको हो।
क्यामेरुनमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ मा रहेको घानाले तीन मध्ये दुई खेलमा पराजय भोग्नुका साथै एक खेलमा बराबरीको नतिजा निकाल्दै समूहको पछारमा रहेको थियो।
समूह चरणमा घानाले मोरक्कोसँग १–० तथा कोमोरोससँग ३–२ को पराजय भोगेको थियो। घानाले गाबोनसँग १–१ को बराबरीमा खेलेको थियो। संघले व्यवस्थापन समितिका सदस्यहरुलाई समेत बर्खास्त गरेको छ।
Facebook Comments


























