माघ १० । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन्: ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ। ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन।’
उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन्। गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। उनी केही समय अस्पताल बसेर डिस्चार्ज भएका थिए।
Facebook Comments


























