माघ १० । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ०० पैसा र बिक्रीदर १६१ रुपैयाँ ८२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























