माघ ९ । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ।
शनिबार भएको खेलमा एस्टनले एभर्टनलाई १-० गोल अन्तरले हराएको हो। एभर्टनको मैदानमा एस्टनलाई जित दिलाउन ईमी बुन्डियाले निर्णायक गोल गरे।
ईमीले पहिलो हाफको इन्जुरी समयमा गोल गरे। जितसँगै एस्टनले २१ खेलमा २६ अंक जोडेको छ। एस्टन अंक तालिकाको १० औं स्थानमा रहेको छ। एभर्टन १९ अंक जोडेर १६ औं स्थानमा रहेको छ।
Facebook Comments


























