माघ ८ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन्।
आईपीएलले शनिबार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जनाएको छ। नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन्।
नयाँ सिजनको आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन्। जसमा ८ सय ९६ भारतका र ३ सय १८ खेलाडी विदेशी रहेका छन्।
एसोसियट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराउदा नेपालबाट १५ खेलाडीले दर्ता गरेको हो। नेपालपछि अमेरिकाका १४ खेलाडीले नाम दर्ता गरेका छन्।
यस्तै भुटानबाट एक खेलाडीले नाम दर्ता गरेका छन्। अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ। आगामी संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन्।
Facebook Comments


























