हुम्ला, माघ ७ । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो।
आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो। हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–८ लिमिमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित बनेको छ।
मौसममा आएको परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि यहाँका बासिन्दा बाक्लो कपडा लगाउन थालेका छन्। दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ। चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ। चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। रासस














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











