रोल्पा, माघ ७ । मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन्। परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन्।
कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए। गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो। अदालतको फैसलापछि पनि उनी फरार रहेका थिए। फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण रानाले जानकारी दिए। रासस
Facebook Comments


























