पोखरा माघ ६ । विभागिए टिम एपीएफ फुटबल क्लव पोखरामा जारी आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले सहारा क्लवलाई दुई शुन्यले हरायो।
पोखरा रंगशालामा भएको खेलमा एपीएफको जितमा आभाष लामिछाने र प्रदिप लामाले एक एक गोल गरे। त्यसो त खेलमा सहाराले केहि मौका पाएपनि गोल गर्न सकेन।
एपीएफले पहिलो र दोस्रो हाफमा एक एक गोल गर्यो। खेलको १४ औं मिनेटमा एपीएफले खेलमा अग्रता बनायो। उसका लागि आभाष लामिछानेले गोल गर्न सफल भए।
त्यसपछि पनि एपीएफले पनि गोल गर्ने अवसर पाएपनि गोल फर्काउन सकेन।
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको एपीएफले ५९ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो। उसका लागि लागि प्रदिप लामाले गोल गर्न सफल भए। उनले लामो डिबक्सभित्रबाट गरेको प्रहार सहारा क्लवका गोलकिपरले रोक्न सकेनन्।
त्यसपछि सहारा क्लव खेलमा फर्कन सकेन र पहिलो खेलबाट नै प्रतियोगिताबाट बाहिरीयो। जितसँगै एपीएफ क्लव अन्तिम आठमा पुगेको छ।
अब क्वाटरफाइनलमा एपीएफले अमेरीकाबाट आएको टिम बीवाईएससी मिनिसोटासँग माघ ८ गते खेल्नेछ। प्रतियोगितामा भोली हिमालयन शेर्पा र नेपाल पुलिस क्लवविच प्रतिस्पर्धा हुनेछ।
१० टिमको सहभागिता रहेको प्रतियोगिताले १० लाख एक हजार रुपैयाँ पाउनेछ।


























