पोखरा, माघ ६ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबाट पोखरामा सुरु हुँदैछ। प्रतियोगिताको २० औँ संस्करण अन्र्तगतको उद्घाटन खेलमा आयोजक सहारा क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउनेछन्। यस्तै उत्कृष्ट ५ विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा संकटा, नेपाल पुलिस, थ्री स्टार, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मस्र्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा, त्रिभूवन आर्मी सहारा र बिवाइएसी मिनेसोटा युएसएसहित १० टिम सहभागी हुनेछन्।
Facebook Comments


























