चितवन, माघ ३ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ५४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९५ दशमलब १ रहेको छ।
यस्तै, ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार १४ जनाको पीसीआर परीक्षणमा ५७४७ र ३ हजार ४५१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९८७ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























