माघ २ । सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च कारोबार भएको छ। साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६.७४ विन्दुमा उक्लिएको हो। ६९ अंकले बढेको बजारमा आज ९ अर्ब ६७ करोड ६३ लाखको कारोबार भएको छ।
यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.८१ अंकले बढ्दै ५४२.६३ विन्दुमा उक्लिएको छ। यस दिन सबै उपसूचकहरु धनात्मक हुँदै बजार नै हरियाली भएको छ भने आधा दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले वृद्धि भएको छ। यस दिन सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीका सेयरधनीहरूले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी बोटलर्स नेपालका लगानीकर्ताहरूले ३.८२ प्रतिशतले गुमाएका छन्।
Facebook Comments


























