काठमाडौं, माघ २ । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज आइतबार दुई खेलहरु हुँदैछन्।
प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई खेल हुने छन्। पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ। समूह ए मा रहेको सुदुरपश्चिमले ३ खेलमा २ अंक जोडेको छ। सुदुरपश्चिम तेस्रो स्थानमा रहेको छ। प्रदेश १ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ।
टियुमै हुने दोस्रो लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। समूह बी मा रहेको लुम्बिनी ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ। गण्डकी ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ।
Facebook Comments


























