माघ १ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना संक्रमित भएका छन्। शनिबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित भएपछि पौडेल होम आइसोलेशनमा बसेका छन्।
उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भयो।’
Facebook Comments


























