काठमाडौं, पुस ३० । सिभिल बैंकको प्रस्तावित लाभांस स्वीकृत भएको छ। बैंकको शुक्रबार सम्पन्न ११औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ नगद लाभांश वितरण गर्न स्वीकृती प्रदान गरेको हो।
साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायतको पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने निर्णय पनि गरेको छ।
Facebook Comments


























