पुस २८ । अफ्रीका कप अफ नेसन्समा नाइजेरियाले सुखद सुरुआत गरेको छ।
मंगलबार राति भएको खेलमा इजिप्टलाई १-० गोल अन्तरले हराउँदै नाइजेरियाले सुखद सुरुआत गरेको हो। नाइजेरियाको जितमा केलिची इहानाचोले निर्णायक गोल गरे।
लेस्टर सिटीका फरवार्डले खेलको ३० औं मिनेटमा गोल गरेका थिए। जुन गोल नाइजेरियाको जितमा निर्णायक बन्यो।
यस जितसँगै समूह डी को नाइजेरियाले ३ अंक जोडेको छ। नाइजेरिया शीर्ष स्थानमा रहेको छ। इजिप्टले भने हारबाट सिजनको सुरुआत गरेको छ।
Facebook Comments


























