वीरगञ्ज, पुस २४ । पर्सामा एक बालिकाको शव फेला परेको छ।
जिल्लाको वीरगञ्ज महानगरपालिका-१६ नगवामा अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको फेला परेको हो। उनी बुवाआमासँग वीरगञ्ज-१५ भिश्वामा बस्दै आएकी थिइन्।
निर्माणधीन घरमा खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पोस्टमार्टमका लागि शव अस्पताल पठाएपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























