सिरहा, पुस १२ । सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका ७ बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ।
पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो।
जनमत पार्टीले आज सिराहमा चक्काजामको घोषणा गरेको छ। आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ।
Facebook Comments


























