चितवन, पुस ११ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ८३ जना निको भएर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १० हजार ७८० पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६७७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख २४ हजार ३१२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ।
Facebook Comments


























