काठमाडौँ, पुस ११ । कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो।
प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन्। अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन्। अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्।
एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन्। रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन्।
Facebook Comments


























