काठमाडौं, पुस ९ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।
बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि बोर्ड अध्यक्षविहीन भएको थियो। राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँचजनाको नाम सर्ट लिस्ट गरिएको थियो।
सर्ट लिस्टमा शर्मासँगै प्रा।डा।घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा।डा। महानन्द चालिसे, र प्रा।डा। शोभाखर कँडेल थिए।
अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ बमोजिम उम्मेदवारको कार्यविधिका आधारमा मूल्यांकन गरी वर्णानुक्रम अनुसार लोक सेवा आयोगले सूची सार्वजनिक गरेको थियो।
लोकसेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले मंसिर ९ गतेसम्मको समय दिएको थियो।

























