पुस ९ । एसीसी यू-१९ एसिया कप क्रिकेटमा टेस्ट राष्ट्र बंगालदेशले नेपाललाई जितका लागि २ सय ९८ रनको लक्ष्य दिएको छ।
सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनायो। बंगलादेशका लागि प्रान्तिक नबिलले अविजित रहदै १ सय २७ रनको शतकीय इनिङ्स खेले।
रिटायर्ड हर्ट भएका मोहमद फाहिमले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा एच मोल्लहले २२ रन बनाए। यस्तै मेहरुब हसन र इफ्ताकर होसेनले २१/२१ रन जोड्दा महफिजुल इस्लामले १७ रन बनाए। नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १/१ विकेट लिए।
समूह बी मा रहेको नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ। दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ।
फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ।


























