पुस ४ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भारतसँग पराजय भोगेको छ।
बंगलादेशका ढाकामा आईतबार भएको खेलमा नेपालले भारतसँग १–० को पराजय भोगेको हो। भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले खेलको ६७ औ मिनेटमा गरे।
पराजयसँगै फाइनलमा प्रवेश गर्ने नेपालको सम्भावनामाथि धक्का लागेको छ। फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो।
अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनु पर्नेछ।बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। बंगलादेशले पराजय भोगे नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ।
यता नेपालमाथि जित निकाल्दै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। भारतले चार मध्ये तीन खेल जित्दै ९ अंक जोडेको छ। यता नेपालले चारमध्ये दुईमा जित र एक खेलमा बराबरीको नजिता निकाल्दै जम्मा सात अंक जोडेको छ।
आयोजक बंगलादेशको सात अंक छ र उसले एउटा खेल खेल्न बाकी छ।


























