सर्लाही, पुस ४ । सर्लाहीको मलंगवा नगरपालिका-८ बाट नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
१ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना भारतीयलाई शनिबार सशस्त्र प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन्।
बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जादै गरेका उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल, नम्बर १० गण सर्लाहीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
Facebook Comments


























