पुस ३ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीत ‘लुम्ले काँडेमा’ सार्वजनिक भएको छ। कृष्णकोसमेत स्वर रहेको गीतमा उनलाई गायिका एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीले साथ दिएका छन्।
अमेरिकामा बसेर गीतसंगीतमा सक्रिय कृष्णले ‘लुम्ले काँडेमा’लाई मासुप गीत बताएका छन्। गीत डान्सिङ शैलीमा छ। कृष्णकै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल र सकुना खत्री फिचर्ड छन्।
बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको विषयलाई भिडियोमा मौैसम हिमालीकोे कोेरियोेग्राफी, अनिल के मानन्धरकोे छायांकन र प्रविण भट्टको सम्पादन छ।
Facebook Comments


























