मुम्बई, पुस २ । अभिनेता अक्षय कुमार र परेश रावलको हिट फिल्म ‘ओह माय गड’को सिक्वेल ‘ओह माय गड २’ लामो समयदेखि चर्चामा छन्। यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन्। फिल्मको सुटिङ कोरोना कारण बीचमै रोकिएको थियो र अक्षयको आमाको निधनका कारण पनि प्रोजेक्ट अड्किएको थियो।
अहिले अक्षयले यो फिल्मको काम पुनः सुरु गरेका छन्। सुटिङसँगै उनको फिल्मी लुक्स पनि बाहिर आएको छ। यो लुक्समा अक्षयले आफ्नो कपाललाई जटाको जस्तै बाधेका छन्। उनी निलो पाइजामा र लामो टिसर्टमा देखिएका छन्। उनले गलामा रुद्राक्षको माला लगाएका छन्।
अक्षयको लुक्सवाला भिडियो उनको फ्यान क्लबले शेयर गरेका छन्। भिडियोको पृष्ठभूमिमा शिव ताण्डवको संगीत सुनिन्छ। उनको भिडियोलाई फ्यानहरुले अधिक शेयर गरिरहेका छन्। फ्यानले शेयर गरेको भिडियोलाई अक्षयले शेयर गर्दै धन्यवाद व्यक्त गरेका छन्। भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अमित रायले निर्देशन गरिरहेको फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय छ। बलिउड लाइफ


























