पुस २ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६२ रुपैयाँ २२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























