काठमाडौं, पुस १ । उपन्यास ‘एक चिहान’लाई यही पुष ३ गते शनिबारबाट रंगमञ्चमा हेर्न पाईने भएको छ। उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको उपन्यासलाई रमेश बिजीले नाटकमा रुपान्तरण गरेका छन्। एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई पुनः मञ्चन गर्दैछ।
नाट्यकर्मी वीरेन्द्र हमालको निर्देशन रहने यो नाटक पुष ९ गतेसम्म मञ्चन हुनेछ। विद्यार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिएको हो।
यसलाई दैनिक बिहान ८ बजे बिहान ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो मञ्चन गरिने भएको छ। नाटक ७ दिनसम्म नाचघरमा मञ्चन हुनेछ। कक्षा १२ तथा स्नातकका विद्यार्थीहरुका लागि सम्बन्धित स्कुल तथा कलेजले पुरा शो नै किन्न सक्ने पनि नाचघरले जनाएको छ।
हाल नाटकको अभ्यासको काम भइरहेको छ।
Facebook Comments


























