काठमाडौँ, पुस १ । नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन्।
१५ सय २० मत गन्दा थापाले ९८५ मत मत पाएका छन्। दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन्। उनले ६०३ मत पाएका छन्।
यस्तै तेस्रो स्थानमा प्रदीप पौडेल र डा।प्रकाशशरण महतको उच्च प्रतिस्पर्धा देखिएको छ। प्रकाशशरणले ४९१ मत पाउँदा पद्रीपले ४४७ पाएका छन्। डा. मिनेन्द्र रिजालको २५४ पाउँदा राजाराम कार्कीले ४७ मत मात्रै ल्याएका छन्।
Facebook Comments


























