काठमाडौँ, मंसिर २८ । कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दा शेरबहादुर देउवा अझ बलियो बनेका छन्।
देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरूङले साथ दिएका छन्। जवकी देउवाको विकल्प खोज्ने भन्दै उनीहरू सबै देउवाविरूद्ध नै सभापतिको उम्मेदवार बनेका थिए।
संस्थापन इतरको समूह डा।शेखर कोइराला दोस्रो धेरै मत ल्याएर देउवासँग भिड्ने तयारीमा लागेका बेला समीकरण बदलिएको छ। यसले कोइराला कमजोर देखिएका छन्।
पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए। पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो। त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए। देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ।
पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन्।


























