काठमाडौँ, मंसिर २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नहुने प्रष्ट पारेका छन्।
मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले यथास्थितिमा एमसीसी पास नहुने अडान पनि दोहोर्याएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए। बैठकले सर्वदलीय बैठक डाकेर संसद अवरोध हटाउन पहल गर्ने पनि निर्णय भएको उनले जानकारी दिए।
संसद बैठक शुरू हुनअघि बसेको बैठकले माओवादीको २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ। बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ।
Facebook Comments


























