चितवन, मंसिर २८ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आज चितवन बन्दको घोषणा गरिएको छ। एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै चितवन बन्दको आब्हान गरेको हो।
संघर्ष समितिका सचिव अजीव पौडेलले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा लगायतका १३ दलको समर्थन आफुहरुलाई रहेको बताए।
उनले बन्द गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताए। बन्दका दिन शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात बन्द रहने पौडेलले जानकारी दिए। १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी संघर्ष समितिको छ।
Facebook Comments


























