मंसिर २७ । आगामी पुष २ अर्थात आउने शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ दुई साता पछि सरेको छ। यो फिल्म अब पुष १५ गते रिलिज हुनेछ।
फिल्मका निर्माता अर्जुन कुमारले एक विज्ञप्ती जारी गर्दै आफूहरुले फिल्म सारेको जनाएका छन्। ‘यसपाली मेरो चलचित्र ‘चपली हाइट ३’ यही पौष २ गतेबाट प्रदर्शनमा आउने भनिएकोमा विविध कारणबस उक्त मितिमा ‘चपली हाइट ३’को प्रदर्शन नहुने जानकारी दुःखका साथ गराउदछु। हाम्रो चलचित्र आगामी पौष १५ गते रिलिज हुने जानकारी गराउदछु’, विज्ञप्तीमा उल्लेख छ।
अर्जुनले ‘विविध कारणबस’ भनेर उल्लेख गरे पनि पुष २ गते हलिउड फिल्म ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ रिलिज हुँदैछ। जसकारण अर्जुनले आफ्नो फिल्मलाई दुई साता पछाडि सारेका छन्।
निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय छ।


























