मंसिर २७ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको निर्वाचनमा साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका छन्।
साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए। महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन्।
कांग्रेसको जारी १४ औं महाधिवेशनमा कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मतदानका लागि राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ। कागजी मतदानमा एक जनालाई मत हाल्नका लागि आधा घण्टाभन्दा धेरै समय लागिरहेको जनाइएको छ।
विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मध्याह्न १२ बजेपछि मात्र सुरु भएको थियो। राति ९ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु हुने जनाइएको छ।
Facebook Comments


























