चितवन, मंसिर २६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रमेश मगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ।
उपाध्यक्ष तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सहसचिवमा सविता दराई, कोषाध्यक्षमा कमलमान श्रेष्ठ रहेका छन्। यस्तैगरी सदस्यहरुमा आश्मा राई, अपेक्षा चौधरी, सुनिल श्रेष्ठ, मनोज चौधरी, सूचना गुरुङ, दिपेन्द्र चौधरी, बबिलाल तामाङ र प्रतिमा कुमाल रहेका छन्।
उक्त अवसरमा फोनिजका संस्थापक अध्यक्ष सन्तकुमार चौधरीलाई सम्मान गरिएको थियो। यस्तै तामाङ पत्रकार संघका अध्यक्ष बबिलाल तामाङ र कालिका एफएमका प्रतिमा कुमाललाई सम्मान गरिएको थियो।
Facebook Comments


























