न्युयोर्क, मंसिर २२ । अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।
अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा.माइक रायनले बताएका छन्।
प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ। दक्षिण अफ्रिकामा ओमिक्रोन सक्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा आएकै खोपले काम गर्ने देखिएको हो।
चलन चल्तिमा आएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
Facebook Comments


























