चितवन, मंसिर २० । लघुकथा प्रेमीको पर्खाइ मा रहेको ‘बा’ नामक लघुकथा संग्रह शनिबार भर्चुअल माध्यमबाट विमोचन भएको छ। ११० जना कथाकारहरूको १૪१ वटा लघुकथा समेटिएको ‘बा’ विषयक वा ‘बा’ नाममा लेखिएका लघुकथाहरू चोटिला, घोचिला, पेचिला र मर्मस्पर्शी रहेको विमोचन कार्यक्रम रहेको लघुकथा समिक्षकहरूले बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि दिन बन्धु शर्माले अन्तमा आफ्नो सान्दर्भिक भनाइहरू राखेका थिए। कार्यक्रममा रञ्जुश्री पराजुली अमेरिका, भारतको मणिपुरबाट देवी प्रसाद थापा “ मामा “ त्रिपुरा खरेल , दीपक लोहनी ,विदुर चालिसे लगायतले मन्तव्य राखेका थिए। लघुकथा ‘बा’ सुगन्धको समीक्षा एवं समालोचकको रूपमा डा.शेखर कुमार श्रेष्ठले सबै लेखकहरूको लघुकथाको बारेमा मूलभूत विषयमा समिक्षा गरेका थिए।
कार्यक्रममा साहित्यकार हरि प्रसाद भण्डारीले लघुकथाको बारेमा र लघुकथा कसरी लेख्नु पर्छ र लेखेका लघुकथा हतार नगरी आफैले पाठक बनेर पाँच स्तर पार गरेर मात्र लघुकथा पोष्ट गर्न सकेमा लघुकथा स्तरीय हुने कुरा बताए।
कार्यक्रमका सभापति घनश्याम डल्लाकोटीले विषयगत सेरोफेरोमा आफ्नो भनाई राख्दैै कार्यक्रमको अन्त्य गरेका थिए। देश विदेशमा रहेका नेपाली भाषी लेखकहरूको कथा समेटिएको बा सुगन्ध लघुकथा साथै अघिल्लो वर्ष पनि सुगन्ध लघुकथा संग्रह प्रकाशन गर्न सफल मञ्चले आगामी दिनमा शिक्षक विषय लघुकथा संग्रह निकाल्ने तयारी गरेको जानकारी गराइएको थियो। मञ्चले सामाजिक क्षेत्रमा सहयोग र राहत वितरण गर्ने काम गर्दै आएको छ।
आमन्त्रित सबैलाई सम्बोधन सहित सहभागितामा आसन ग्रहण गराएको थियो। कमल पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रमको सभापतित्व नमस्ते लघुकथा मञ्चका संस्थापक घनश्याम डल्लाकोटी र कार्यक्रमको शुभारम्भमा एडमनि शेखर अर्यालले स्वागत मन्तव्य राखेका थिए।


























