मंसिर २० । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जिनोआलाई २-० गोल अन्तरले हराएको छ। आइतबार राति भएको खेलमा युभेन्ट्सले जिनोआलाई पराजित गरेको हो।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन हुवाँ क्वार्डाडो र पाउलो डिबालाले एक/एक गोल गरे। यस जितसँगै युभेन्ट्स १६ खेलमा २७ अंक जोडेर लिगको पाँचौं स्थानमा उक्लिएको छ।
जिनोआ १० अंक जोडेर १८ औं स्थानमा रहेको छ।
Facebook Comments


























