मंसिर २० । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ।
आइतबार राति भएको खेलमा टोटेनहमले नर्विच सिटीलाई ३-० ले हराएको हो। घरेलु मैदानमा लुकास मौराले दशौँ मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ६७ औं मिनेटमा डेभिनसन सान्चेजले गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ७७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए।
यस जितसँगै टोटेनहमले १४ खेलमा २५ अंक जोडेको छ। टोटेनहम पाँचौं स्थानमा रहेको छ। नर्विच १० अंक जोडेर पुछारमा रहेको छ।
Facebook Comments


























